क्यालिफोर्नियामा गोली चल्दा ६ महिनाको बच्चासहित ६ जनाको मृत्यु
प्रकाशित मिति : 17 January, 2023 8:21 am

काठमाडौं । क्यालिफोर्नियाको गोशेनमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु भएको छ । बन्दुकधारीले चलाएको गोली लागेर ६ महिनाको बच्चासहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय समयअनुसार सोमबार बिहान ३ः३० बजेतिर दुईजना व्यक्तिले घरमा आक्रमण गरेको र गोली चलाएको प्रहरीले जनाएको छ । आक्रमणमा लागुऔषध गिरोहको हात रहेको हुनसक्ने अनुमान गरिएकाे छ ।
प्रहरी घटनास्थलमा पुग्दा घरभित्र र बाहिर मानिहरुको शव भेटिएको थियो । घटनामा संलग्न व्यक्तिको खोजी भहेको प्रहरीले जनाएको छ ।