७ बैशाख २०८१, शुक्रबार

उपमहासचिव पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड सुमेरु अस्पतालमा

प्रकाशित मिति :  17 January, 2023 3:14 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

ललितपुरको सुमेरु अस्पताल पुगेर प्रधानमन्त्री प्रचण्डले पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

गत बुधबार रोल्पा गएका पुनको शनिबार स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरबाट काठमाडौं फर्किएर सुमेरुमा भर्ना भएका थिए ।



प्रतिक्रिया दिनुहोस !