१४ बैशाख २०८१, शुक्रबार

कोरोना भारइरस नियन्त्रण तथा रोकथामका लागि नेपालीहरुद्धारा पोर्चुगलमा कोष स्थापना

प्रकाशित मिति :  8 April, 2020 11:36 am


अवैतनिक वाणिज्यदूत मकरबहादुर हमाल

पोर्चुगल, २६ चैत ।

कोरोना भारइरस नियन्त्रण तथा रोकथामका लागि पोर्चुगलमा नेपालीहरुद्धारा कोष स्थापना गरिएको छ ।

अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालको संयोजकत्वमा जनचेतना समितिमार्फत आपतकालीन राहत कोष स्थापना गरिएको हो ।

विपद्का बेला प्रवासमा रहेका नेपालीलाई मध्यनजर गर्दै कोष स्थापना गरिएको अबैतनिक बाणिज्यदूत हमालले जानकारी दिए ।

समितिले आपतकालीन राहत कोष स्थापना गर्ने, समस्यामा परेकालाई राहत उपलब्ध गराउने, नेपालीमाझ कोभिड–१९ सम्बन्धी आवश्यक चेतना फैलाउने र सङ्क्रमित नेपालीहरुको तथ्याङ्क सङ्कलन गर्नेछ ।

समितिको सदस्य सचिवमा गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरे छन् ।

समितिमा नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष विनोद घिमिरे, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष गोविन्द पौडेल, नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलका अध्यक्ष पूर्णबहादुर विक, नेपाली एकता समाजका अध्यक्ष गोम सुवेदी, नेपाली समाजका अध्यक्ष सोम शेर्पा, नेपाली नारी समाजका अध्यक्ष कला राई र नेपाली महिला समाजका अध्यक्ष निर्मला ढकाल र पत्रकार योगेन्द्र मिलन छन्त्याल रहेका छन् ।

समितिले गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष तथा पूर्व तथा वर्तमान आइसीसी सदस्य, पोर्चुगलस्थित सबै सङ्घसङ्गठनका प्रमुख, व्यापारी एवं समाजसेवीसहितको मूल समितिसमेत निर्माण गर्ने बताएको छ ।



प्रतिक्रिया दिनुहोस !