१३ बैशाख २०८१, बिहिबार

चलचित्र ‘सरी मम’ बिहिबारदेखि प्रदर्शनमा

प्रकाशित मिति :  20 January, 2023 1:24 pm


काठमाडौं । चलचित्र सरी मम बिहिबारदेखि उपत्यकाभित्र प्रदर्शनमा आएको छ । चलचित्र प्रदर्शनपछि दर्शकहरुले चलचित्र उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन्।

लागुऔषध दुव्यसन बिरुद्धको कथामा आधारित चलचित्र पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र प्रदर्शन गरिएको हो । केही समयपछि भने प्रदेशलक्षित गरेर सातै प्रदेशमा प्रदर्शनी हुने निर्माण टिमले बताएको छ ।

चलचित्र हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै दर्शकहरुले चलचित्र विद्यार्थीहरुलाई लषित गरेर निर्माण गरिएको र उत्कृष्ट रहेको बताए । दर्शकहरुले ब्याचलर सम्मका विद्यार्थीहरुले हेर्नैपर्ने चलचित्र रहेको र लागुऔषधमा फसेकाहरुले त्यसबाट छुट्न कसरी अघि बढ्नसक्छ भन्नेकुरा देखाइएको बताए । जुन लक्ष्यअनुसार चलचित्र बनाइएको हो त्यो लक्ष्यले सार्थकता पाएको बताए । उनीहरुले देशभरका विद्यालय र कलेजहरुमा यो चलचित्र देखाउनुपर्ने बताए ।

चलचित्र हेरिसकेपछि अभिनेत्री दीपाश्री निरौलाले नेपाली कथावस्तुमा एकदमै उत्कृष्ट चलचित्र बनेको प्रतिक्रिया दिनुभयो । उहाँले चलचित्र धेरै नै राम्रो म्यासेज दिने कथावस्तुमा निर्माण भएको बताए। उनले समाज र घरपरिवारको महत्व दर्शाउने चलचित्र रहेको बताइन् ।

त्यस्तै अभिनेत्री सरिता लामिछानेले चलचित्र राम्रो बनेको छ भन्ने प्रतिक्रिया नै आफ्नो लागि गर्वको कुरा भएको बताउनु भयो । लागुऔषधमा फसेका युवाहरुलाई निकाल्न के गर्न सकिन्छ भन्नेकुरा फिल्ममा रहेको र यो युवाहरुको कथा रहेको बताइन । त्यस्तै अभिनेता सलोन बस्नेतले अहिलेको समाजका लागि जरुरी टपिकलाई फिल्ममा देखाइएको बताए ।

नविन बोगटीले निर्देशन गरेको चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल ठकुरी, प्रविल कँडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर, सरोज बखुरेन, लालमणि भण्डारीलगायत कलाकारको अभिनय छ ।

चलचित्रको कथा आयुष बुढाथोकी र सरोज पौडेलले तयार पारेका हुन् । दीर्घ गुरुङले छायांकन गरेको चलचित्रलाई प्रितम पाण्डेले सम्पादन गरेका हुन् । लागुऔषध दुव्र्यसनबिरुद्धको कथामा तयार भएको चलचित्रले किशोरावस्था र युवापुस्ताका दर्शकलाई आकर्षण गर्ने अपेक्षा चलचित्रले राखेको छ



प्रतिक्रिया दिनुहोस !