१२ श्रावण २०८१, शनिबार

व्यक्तिगत पहलमा राहत वितरण

प्रकाशित मिति :  8 April, 2020 12:46 pm


रोल्पा, २६ चैत ।

लकडाउनका कारण समस्यामा परेका ज्याला मजदुरी गरि खाने परिवारलाई रोल्पाको सुनिल स्मृति गाउँपालिका-२ खुंग्रीका समाजसेवी श्याम भारतीले खाद्यान्न वितरण गरेका छन् ।

उनले आज वडा भित्र बस्ने १३ घरपरिवारलाई राहत वितरण गरेका हुन् ।

भारतीले आफ्नो व्यक्तिगत खर्चबाट ज्यालामजदुरी गर्ने परिवारलाई राहत वितरण गरेको बताएका छन् ।

उनले १३ घर परिवारलाई १० किलो चामल र एक किलो दाल वितरण गरेका हुन् ।

लकडाउनले अफ्ठेरोमा परेका व्यक्तिलाई सहयोग पुगोस भनेर आफूले खाद्यान्न वितरण गरेको भारतीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !