१४ बैशाख २०८१, शुक्रबार

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै मेरो पहिलो कामः मन्त्री गिरी

प्रकाशित मिति :  24 January, 2023 1:46 pm


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै आफ्नो प्रमुख लक्ष्य र उद्देश्य रहेको बताए ।

मंगलवार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गिरीले तीन करोड नेपाली जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिने भन्ने प्रमुख लक्ष्य र संकल्प रहेको बताएका हुन् । मन्त्री गिरीले स्वास्थ्यका प्रणालीहरु चुस्त, दुरुस्त बनाइ स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरुलाई अन्त्य गर्दै सुदृढ स्वास्थ्य प्रणालीको विकास गर्न आफूले चाहेको पनि बताए ।

उनले भने , “पुरानो संरचना भत्काउँदै छौँ । नयाँ संरचना बन्दैछ । यही स्थान ३०० बेडको अस्पताल स्थापना गर्छौं । ३ सय बेड पनि पर्याप्त होइन ५ सय बेडको बनाउनुपर्छ । हाम्रो स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरूलाई कसरी अन्त्य गर्दै सुदृढ स्वास्थ्य प्रणालीको रूपमा विकास गर्न सकिन्छ, यो चिन्ताको विषय हो । स्वास्थ्य क्षेत्रलाई सबै हिसाबले गुणस्तरीय, भरपर्दो बनाउने र जनतामुखी, जवाफदेही र गुणस्तरीय बनाइ सबै जनतामा स्वास्थ्यको पहुँच पु¥याउने नै हाम्रो उद्देश्य हो ।’’

मन्त्री गिरीले स्वास्थ्य क्षेत्रलाई जनतामुखी, जवाफदेही र गुणस्तरीय बनाएर सबै जनतामा स्वास्थ्यको पहुँच पु¥याउनु आफ्नो पहिलो काम रहेकाे समेत बताए ।



प्रतिक्रिया दिनुहोस !