१२ श्रावण २०८१, शनिबार

अन्तराष्ट्रिय रोल्पाली सेवा समाजद्धारा जिल्ला अस्पतालको ‘राहत कोष’लाई ५० हजार रुपैंयाँ सहयोग

प्रकाशित मिति :  8 April, 2020 3:58 pm


रोल्पा, २६ चैत । 

अन्तराष्ट्रिय रोल्पाली सेवा समाजले रोल्पा जिल्ला अस्पतालले स्थापना गरेको ‘कोरोना राहत कोष’मा ५० हजार रुपैंयाँ सहयोग गरेको छ ।

समाजका अध्यक्ष सन्दिप थापाले विज्ञप्ति निकाल्दै समाजको तर्फबाट ५० हजार रुपैयाँ सहयोग गरेको जानकारी गराएका हुन् ।

विज्ञप्तिमा उनले भनेका छन्,‘विपदको यस घडिमा रोल्पा जिल्ला अस्पताल रेउघाले कोरोना राहत कोष स्थापना गरिसकेको हुँदा हाम्रो अन्तराष्ट्रिय रोल्पाली सेवा समाजले नगद रु, ५० हजार रकम कोषमा जम्मा गरेको सबैमा जानकारी गराउँदछौं ।’

समाजले संसारभर महामरीको रुपमा फैलिएको कोभिड-१९ कोरोना भाइरस विरुद्ध समाना गर्न सबै संम्बेदनशील हुनुपर्नेमा पनि जोड दिएको छ ।



प्रतिक्रिया दिनुहोस !