१६ चैत्र २०८०, शुक्रबार

सांसद महेश बस्नेतद्धारा राहत र पीपीई वितरण

प्रकाशित मिति :  8 April, 2020 4:59 pm


काठमाडाै,२६ चैत्र । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता  महेश बस्नेतले आज भक्तपुर अस्पताललाई पीपीई (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) हस्तान्तरण गरेका छन् ।

बस्नेत आफैँ संरक्षक रहेको मानवीय आस्था नेपालको आयोजना एवं निक भुजिङ हाउजिङ प्रालिको सहयोगमा प्राप्त १४ थान पीपीई भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमलाई हस्तान्तरण गरे ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण स्वास्थ्य क्षेत्रमा अति आवश्यक स्वास्थ्य सामग्री सांसद बस्नेतले भक्तपुर अस्पताललाई १४ थान, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रलाई चार थान, भक्तपुर क्यान्सर अस्पताललाई चार थान तथा क्वीक रेस्पोन्स टिमलाई चार थान हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी सांसद बस्नेतले मानवीय आस्था नेपालमार्फत मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनोहरा नदी किनारामा रहेको सुकुम्बासी बस्तीमा पुगेर ७५० घर परिवारलाई राहत वितरण गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !