१३ बैशाख २०८१, बिहिबार

भारतको झारखण्डस्थित आशिर्वाद टावरमा आगलागी हुँदा १४ जनाको मृत्यु

प्रकाशित मिति :  1 February, 2023 8:09 am


काठमाडौं । भारतको झारखण्डस्थित धनबादस्थित एक अपार्टमेन्टमा आगो लाग्दा १४ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी एएनआइका अनुसार धनवाद जिल्लाको शक्तिमन्दिर रोडस्थित आशिर्वाद टावरमा आगो लाग्दा १४ जनाको मृत्यु भएको हो ।

भारतीय टेलिभिजन च्यानल आजतकले भने ११ महिला, ३ बच्चा र १ जना पुरुष गरी १५ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा एकै परिवारका पाँच जना सदस्य रहेको समाचारमा उल्लेख छ ।

आगलागीको समयमा उक्त भवनमा कति जना थिए भन्ने खुलेको छैन । सुरक्षाकर्मी र अग्नि नियन्त्रकहरुलाई भवनमा फसेकाहरुको उद्धार गर्दै आगो नियन्त्रणका लागि परिचालन गरिएको थियो।

आगलागीको कारण खुलेको छैन । भारतिय मिडियाहरुले ग्याँस सिलिण्डर विष्फोटका कारण आगलागी भएको उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !