८ बैशाख २०८१, शनिबार

बहराइनमा कोरोना भाईरसबाट संक्रमित नेपालीको संख्या २० पुग्यो

प्रकाशित मिति :  9 April, 2020 8:25 am


काठमाण्डौं,२७ चैत ।

बहराइनमा कोरोना भाईरसबाट संक्रमित नेपालीको संख्या २० पुगेको छ ।

नेपाली दुतावास बहराइनले विज्ञप्ति निकाल्दै हिजो मात्रै एकै पटक १० जना नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जनाएको छ ।

दुतावासले यसअघि १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको थियो ।

केही समय अगाडी सल्माबाद स्थित क्याम्पमा एकजना विदेशी नागरिकमा संक्रमण देखिएपछि त्यहाँ कार्यरत झण्डै ४ सय नेपालीलाई क्वारेन्टाइनमा राखिएको थियो ।

तिनै क्वारेन्टाइनमा बसेका मध्य १० जना नेपालीमा कोरोनाको संक्रमण भएको पुष्टि भएको दुतावासले विज्ञप्ति निकाले जनाएको छ ।

हिजोसम्मको तथ्याङ्क अनुसार बहराइनमा  ५ जनाको मृत्यु भइसकेको छ भने ३ सय ४९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

४ सय ६७ जना निको भएका छन् ।

बहराइनले कोरोना संक्रमण सुरु भएपछि क्वारेन्टाइन अवज्ञा गरेको पाईए ३ महिना जेल वा १ हजारदेखि १० हजार डिनार वा दुबै सजाय गर्ने निर्णय गरेको छ ।

सार्वजनिक स्थलहरुमा आवातजावत तथा भिडभाड गर्न रोक लगाउनुका साथै घरबाटै काम गर्न प्रोत्साहन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !