८ बैशाख २०८१, शनिबार

परराष्ट्रमन्त्री पौडेल आज श्रीलंका भ्रमणमा जाँदै

प्रकाशित मिति :  2 February, 2023 8:48 am


काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल आज श्रीलंका भ्रमणमा जाँदैछिन् । श्रीलंकाको ७५औं वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन मन्त्री पौड्याल आज राजधानी कोलम्बो जान लागेकी हुन ।

श्रीलंका भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री पौड्यालले शुक्रबार श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले माघ २१ गते श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । माघ २५ गते उनी काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस !