१२ श्रावण २०८१, शनिबार

सरकारद्धारा अवैतनिक वाणिज्य दूतका सेवा सुविधा तत्कालका लागि फिर्ता

प्रकाशित मिति :  9 April, 2020 10:18 am


काठमाण्डौं,२७ चैत ।

सरकारले विभिन्‍न देशका नेपालका लागि अवैतनिक दूतका हैसियतमा प्राप्त सेवा सुविधा तत्कालका लागि फिर्ता लिएको छ ।

पदको दुरुपयोग भएको भन्दै परराष्ट्रमन्त्रयले सेवासुविधा फिर्ता लिने निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै विभिन्‍न देशका लागि नेपालमा रहेका वाणिज्य दूतहरूलाई प्रदान गर्दै आएको सुविधा फिर्ता लिएको जानकारी गराएको छ ।

कूटनीतिक प्रयोगको लागि दिईएको पद र सुविधाको आडमा किर्गिस्तानका वाणिज्य दूत शुलभ अग्रवालले संकटका बेला समेत कालोबजारी गरेको पाइएपछि सरकारले वाणिज्यदूतहरूलाई प्रदान गर्दै आएका सेवा र सुविधा फिर्ता लिने निर्णय गरेको हो ।

उक्त सुविधा अन्तर्गत कूटनीतिक नियोगले प्रयोग गर्ने निलो नम्बर प्लेटको सवारी साधन र झन्डा रहेको छ।

मन्त्रालयले अवैतनिक वाणिज्य दूतहरूलाई प्रदान गर्दै आएको सुविधा फिर्ता लिने निर्णय तत्काल लागु हुने भन्दै अर्को सूचना जारी नभएसम्म कार्यान्वयन हुने जानकारी गराएको छ ।

किर्गिस्तानका अवैतनिक महावाणिज्य दूत सुलभ अग्रवाल कूटनीतिक सवारी साधन प्रयोग गरेर कालोबजारीमा आरोपमा पक्राउ परेसँगै सरकारले यस्तो निर्णय गरेको हो ।

उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार ७ दिनका लागि हिरासतमा पठाएको छ।



प्रतिक्रिया दिनुहोस !