५ जेष्ठ २०८१, शनिबार

प्रणय दिवसमा विकृति बढ्दै गएको छ : राधा पोख्रेल

प्रकाशित मिति :  14 February, 2023 3:01 pm


काठमाडौं । नेपाल पुँजीबजार संघकी अध्यक्ष राधा पोख्रेलले प्रणय दिवसमा विकृति बढ्दै गइरहेको बताएकी छन् । प्रणय दिवसको दिन सामाजिक संजालमार्फत पोख्रेलले युवायुवतीहरु माझ लोकप्रिय बन्दै गएको प्रणय दिवस क्षणिक भावनात्मक आवेग र शारीरिक आकर्षणलाई केन्द्रमा राखेर गरिने गतिविधि बढ्दै जाँदा खतरनाक बन्दै गएको उल्लेख गरेकी छन् ।

उनले सामाजिक संजाल फेसबुकमा लेखेकी छन् ‘मेरो मान्यता छ मायामा कुनै स्वार्थ र शर्त हुनुहुँदैन । मायाको अर्थ मन पराउनु मात्र होइन, हृदयको तहमा स्वीकार गर्नु हो । माया यस्तो होस्( सम्झँदा मात्र पनि मन आह्लादित होस्, आनन्दित होस्,पल्लवित होस्, अनि जीवनलाई नै उत्प्रेरित र ऊर्जाशील गराउन सकोस् । मलाई लाग्छ( हरपल हरक्षण मुटुको धड्कनसँगै जीवनमा धड्किरहने गतिको नाम हो प्रेम ।” मानवप्रेममा कहिल्यै सम्झौता र स्वार्थ हुँदैनस हुन्छ त केवल त्याग हुन्छ, समर्पण हुन्छ । मानवप्रेममा मृत्यु होइन, मुक्ति हुन्छस स्वार्थ होइन, समर्पण हुन्छस बन्धन होइन, स्वतन्त्रता हुन्छस प्राप्ति होइन, त्याग हुन्छ ।
ब्यस्तता बढ्दो छ मान्छेमा । व्यस्तताको वावजुद जीवनलाई व्यवस्थित गर्ने चुनौति थपिएको छ मान्छेभित्र । समयको व्यवस्थापनमा नै जीवनको सफलता लुकेको हुन्छ । मान्छेहरू भन्छन् प्रेम गर्न आजकल समय नै छैन । तर मलाई लाग्छ, प्रेम गर्नलाई अलग्गै समयको खाँचो पर्दैन । केवल भएको समयको ब्यबस्थापन गरे पुग्छ । पितृ श्राद्ध गरेजस्तो बर्षमा एकचोटि, एकदिन गर्ने बिषय होइन प्रेम । हरपल हरक्षण मुटुको धड्कनसँगै जीवनमा धड्किरहने गति हो प्रेम ।

आजको युगले मान्छेलाई मान्छेबाट वस्तुमा रुपान्तरित गरिदिएको छ । त्यसैले आजको मान्छेले हरेक कुरालाई नाफा(घाटाको तराजुमा तौलन्छ । यहाँसम्म कि नाता सम्बन्ध पनि मान्छेका लागि नाफा(नोक्सानसँग तुलनीय भएका छन् ।

जे जस्तो डे र दिवस भएपनि यस्ता दिवसले सबैलाई निस्वार्थ माया गर्न सिकाओस् १ पत्थर बन्दै गइरहेको मानव मुटुमा थोरै भए पनि सवैमा प्रेमभाव पैदा होस् । सवै मित्रहरुमा शुभकामना !”



प्रतिक्रिया दिनुहोस !