१२ श्रावण २०८१, शनिबार

प्यूठानको गौमुखी गाँउपालिकाले स्थानीय उत्पादन कोदो र मकै संकलन गरेर राहत बितरण गर्ने

प्रकाशित मिति :  10 April, 2020 11:54 am


प्यूठान,२८ चैत ।

प्यूठानको गौमुखी गाँउपालिकाले स्थानीय रुपमा उत्पादन भएका कोदो र मकै संकलन गरेर राहत बितरण गर्ने भएको छ ।

चामल आयात गर्न समस्या हुन थालेको भन्दै स्थानीय खाद्यान्न बालीलाई नै राहतका रुपमा प्रयोग गर्ने गाँउपालिकाले निर्णय गरेको हो ।

गाँउपालिकाका अध्यक्ष विष्णु गिरीले लुम्बिनी सञ्चारसँग भने,‘अब चामल ल्याउन पनि समस्या हुने भयो त्यसैले स्थानीय रुपमा उत्पादन भएका कोदो र मकैलाई संकलन गरेर राहत बितरण गर्ने निर्णय गरेका छौं ।’

राहत बाँडिएका कोदो मकै कुटानीपिसानीका लागि गाँउपालिकाले नै व्यवस्था गर्ने छ ।

विपन्न तथा दैनिक ज्यालादरी गरेर खाने परिवारलाई राहत दिने निर्णय गरेको गाँउपालिकाले अहिलेसम्म ४ सय ५० घरपरिवारलाई राहत वितरण गरिसकेको छ ।

बैशाख ३ पछि पनि लकडाउन लम्बिए स्थानीय खाद्यान्नलाई राहत बितरणको रुपमा प्रयोग गर्ने गरि गाँउपालिकाले तयारी गरेको हो ।

अध्यक्ष गिरीले भने,‘यसबाट पहिलो त स्थानीय उत्पादनले पनि बजार पाउने रहेछ भन्ने सन्देश जानेछ भने अर्को भोली सरकारले धान्न नसक्दा पनि खाद्यान्न अभाव नहुने शिक्षा दिने छ ।’

चामल  बितरण गर्दा घरमा प्रयाप्त खाद्यान्न भएका मानिसपनि राहत लिन आएपछि समस्या देखिएको छ ।

चामल भनेपछि घरमा कोदो मकै प्रशस्त भएकापनि राहत लिन आएपछि गाँउपालिकाले धन्न नसक्ने स्थिति बनेको हो ।

अध्यक्ष गिरीले भने,‘हामीले स्थानीय उत्पादनलाई नै राहतको रुपमा बितरण गर्न थालेपछि केही सहज हुने अनुमान गरेका छौं ।’ सुरुमा एउटा वडाभित्र ८-१० घर हुने अनुमान गरेपनि संख्या धेरै देखिएको गाँउपालिकाको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !