२१ आश्विन २०७९, शुक्रबार

कोरोनाका कारण तुलसीपुर कारागारमा कैदीलाई थप सुविधा

प्रकाशित मिति :  10 April, 2020 2:21 pm


दाङ,२८ चैत ।  कारागार कार्यालय तुलसीपुरले कैदीबन्दीहरुलाई हप्तामा कम्तिमा एकपटक ५ मिनेट निशुल्क फोन सेवा उपलब्ध गराउने भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट सृजना भएको परिस्थितिलाई ध्यान दिदै कारागार कार्यालयले सरसफाईका लागि चाहिने आवश्यक सामाग्रीहरुका लागि खरिद मूल्य नै उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

कैदी बन्दीहरुको स्वास्थ्य लगायत व्यत्तिगत तथा सामूहिक समस्याहरु भए कारागार प्रशासनलाई तुरुन्त जानकारी गराउ भन्दै स्वच्छ,गुणस्तरीय तथा पोषणयुक्त खानपिनको सुनिश्चितता हुने मेसको व्यवस्था गर्न चौकिदार तथा आन्तरिक प्रशासनलाई भनेको छ ।



प्रतिक्रिया दिनुहोस !