१५ बैशाख २०८१, शनिबार

मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन स्वास्थ्य मन्त्री पदम गिरी स्वीट्जरल्याण्ड प्रस्थान

प्रकाशित मिति :  22 February, 2023 8:56 am


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन्।

स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उनी मंगलबार राति त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ।

स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व शिखर सम्मेलनमा भाग लिन उनी स्वीजरल्याण्ड प्रस्थान गरेका हुन् ।

विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता हुने सम्मेलनमा उनीसँगै प्रमुख स्वकीय सचिव लक्ष्मण गिरी तथा मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलसमेत स्वीटजरल्याण्ड प्रस्थान गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !