१२ बैशाख २०८१, बुधबार

ग्रीनसिटी अस्पतालले गर्‍यो तीस किलो भन्दा बढी तौल भएको ट्युमरको सफल शल्यक्रिया

प्रकाशित मिति :  3 March, 2023 4:40 pm


काठमाडाैँ । ग्रीनसिटी अस्पतालले तीस किलोभन्दा बढी तौल भएको ट्युमरको सफल शल्यक्रिया गरेको छ । अस्पताले माघ ५ गते ताप्लेजुङ स्थायी घर भएकी हाल भत्तपुरमा बस्ने ४९ वर्षीया रिता शेर्पाको तीस किलोभन्दा बढी तौल भएको ट्युमरको सफल शल्यक्रिया गरेको हो ।

अस्पातलले आर्थिक रुपमा कमजोर रहेकी शेर्पालाई निःशुल्क शल्यक्रिया गरिदिएको हो ।अस्पतालले ट्युमर शल्यक्रियाको लागि पाँच लाख बढी खर्च गरेको र बाहिर शल्यक्रिया गर्नपरे आठ लाख बढी खर्च लाग्ने बताएको छ । अस्पतालले शेर्पाको जस्तो जटिल प्रकृतिका रोगको शल्यक्रिया निःशुल्क रुपमा गर्दै आएको छ ।

शेर्पाको शल्यक्रिया गर्ने अस्पतालकी डा। रुपा झाले बिरामीको तत्काल अप्रेशन गर्दा स्वास्थ्यमा अन्य धेरै जटिल समस्या आउन सक्ने सम्भावनालाई ख्याल गरेर अन्य विभिन्न चेकजाँच गरी अप्रेशन सफलतापूर्वक गर्न सफल भएको बताइन् ।

‘शल्यक्रिया अघि शेर्पाको पेटमा तीस केजीको भारीले हिँड्न नमिल्ने,खाना बस्न समेत अफ्ठ्यारो रहेकोमा अहिले सफल शल्यक्रियापछि सामान्य अवस्थामा आएको छ,” उनले भनिन् ।

अस्पतालले जटिल प्रकृतिका रोगको निःशुल्क उपचार गर्नको लागि लाखौं रुपैयाँ खर्च गर्ने गरेको पनि बताएको छ



प्रतिक्रिया दिनुहोस !