२३ बैशाख २०८१, आइतबार

आज रंगहरूकाे पर्व हाेली मनाइँदै

प्रकाशित मिति :  6 March, 2023 7:11 am


काठमाडाैँ । आज रंगहरुको पर्व होली नेपालका पहाडी जिल्लामा हर्षाेल्लासकासाथ मनाइँदै छ । सरकारले आज (साेमबार) सार्वजनिक विदा दिएकाे हाे ।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा परापूर्व कालदेखि याे पर्व मनाइदै आइएकाे छ । नेपालमा हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली क्षेत्रमा र भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा मनाइने गरेकाे छ ।

त्रेता यूगमा भगवान विष्णुका परम भक्त पुत्र प्रल्हादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आफै आगोमा भष्म भएकाे दिनका रुपमा होलीको पर्व पर्दापण भएको मानिन्छ । विष्णुको नरसिंह अवतारको उत्पत्ति पनि हाेलीसँग जाेडेर हेरिन्छ ।

नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा छ । भगवान श्रीकृष्णलाई दुध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेपछि गोपालवासीहरुले जयजयकार गर्दै आजको दिनको रंगीन उत्सव मनाएको किंवदन्ती छ।

आज काठमाडाैँकाे वसन्तपुर लगायत उपत्यकाका विभिन्न स्थानमा नाचगान गर्दै हाेली मनाउने कार्यक्रम रहने गरेकाे छ । विभिन्न संघसंस्था तथा सञ्चारमाध्यले पनि उपत्यकामा आआफ्नाे तरिकाले कार्यक्रम मनाउन तय गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !