२१ बैशाख २०८१, शुक्रबार

शहीद स्मारक ए डिभिजन लिग चर्च ब्वाइजको लगातार दोस्रो जित

प्रकाशित मिति :  7 March, 2023 7:00 pm


काठमाडाैँ। शहीद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेडले लगातार दोस्रो जित निकालेको छ । मंगलवार दिउँसो एन्फा कम्प्लेक्समा सातदोबाटोमा भएको खेलमा एफसी खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज लगातार दोस्रो जित निकाल्न सफल भएको हो ।

चर्च ब्वाइजको जितमा आशिष चापागाइँले दुई र एरिक बिष्टले एक गोल गरे । खुमलटारका मेसुके ओलुमोउले एक गोल गरे । जितसँगै चर्च ब्वाइज अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

चर्च ब्वाइजले २ खेलमा ६ अंक जोडेको छ । लिगको पहिलो खेलमा चर्च ब्वाइजले पुलिस क्लवलाई हराएको थियो । अर्को खेलमा थ्री स्टार र फ्रेण्ड्स क्लवले ३–३ गोलको बराबरी खेलेका छन् । 



प्रतिक्रिया दिनुहोस !