२३ बैशाख २०८१, आइतबार

नेपालले एक दिवसीय मान्यता जोगायाे,यूएई १७७ रनले पराजित

प्रकाशित मिति :  12 March, 2023 3:41 pm


काठमाडौँ । नेपालले क्रिकेटमा एक दिवसीय मान्यता जोगाएको छ ।

विश्वकप क्रिकेट लिग टू अन्तर्गत कीर्तिपुर मैदानमा आज भएको खेलमा यूएईलाई १७७ रनले हराउँदै नेपालले एकदिवसीय मान्यता जोगाएको हो ।

नेपालले दिएको २४९ रनको लक्ष्य पाएको यूएई २३ औँ ओभरमा मात्र ७१ रनमा अलआउट भयो ।

यूएईलाई सस्तैमा समेट्न नेपालका ललितनारायण राजवंशीले ५ विकेट लिए भने सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी र गुल्सन झाले एक एक विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको नेपालले ४ बल बाँकी हुँदा नै २४८ रनमा अलआउट भएको थियो ।

नेपालका कप्तान रोहितकुमार पौडेलले सबैभन्दा ७७ रन बनाए भने आरिफ सेखले ४३, गुल्सन झाले ३७, दिपेन्द्रसिंह ऐरीले ३४ र भीम सार्कीले २९ रन बनाए । नेपालले शृंखलाको अर्को खेलमा भोली पीएनजीसँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस !