८ बैशाख २०८१, शनिबार

काठमाडौँको स्वयम्भुमा मानन्धर समाजको राष्ट्रिय भेला सम्पन्न

प्रकाशित मिति :  13 March, 2023 9:04 am


काठमाडौँ । काठमाडौँको स्वयम्भुमा मानन्धर समाजको राष्ट्रिय भेला सम्पन्न भएको छ । मानन्धर संघले आयोजना गरेको भेलामा पूर्वको दोलखादेखि पश्चिमको स्याङ्जासम्म सघन बसोबास गर्दै आएका मानन्धर समुदायका प्रतिनिधीको सहभागिता रहेको थियो । 

वार्षिक रुपमा देशभर बसोबास गर्दै आएका मानन्धरहरु यसरी ‘स्वयम्भू भ्वय् कार्यक्रम गर्दै भेला हुदै गरेका छन् । आइतवार सम्पन्न भेलामा सहभागी हजारौंको संख्याका मानन्धरहरुलाई काठमाडौँस्थित वटु टोलको चामुण्डा गुठीले लिएको हो भोज खुवाएको छ । 

चामुण्डा गुठीका नाइके तथा मानन्धर संघका निवर्तमान उपसभापति गोपाल कृष्ण मानन्धरले  भुइख्यःमा भोज व्यवस्थापनको लागि मात्र करिव सय जना स्वयंसेवीहरु परिचालन गरेका गरेको बताए ।

“हामीले आजको विशेष दिनमा भोज मात्र खुवाउने हैन बरु समुदायलाई आर्थिक पाटोसँग जोड्नको लागि विभिन्न व्यावसायिक र वित्तीय संस्थाहरुको प्रदर्शनी स्थल पनि राख्न दिन्छौं,” भेलाको महत्वको जानकारी दिँदै उनले भने, “सांस्कृतिक र औपचारिक कार्यक्रम पनि हुन्छ । महिनौं अघिदेखि परामर्श परिषद्को बैठक बसेर टोलबासीहरुको सहयोगमा कार्यक्रमको लागि तयारी थाल्नुपर्छ ।” 

रक्तदान, दन्त शिविर, बैंक तथा वित्तीय संस्थाहरुको प्रदर्शनी लगायत सांस्कृतिक र आर्थिक क्षेत्र प्रवद्र्धनका कार्यक्रमहरु सम्पन्न भएको छ । समुदायभित्रबाट राजनीतिक नेतृत्वमा पुगेका जनप्रतिनिधि, भिमरथारोहन गरेका जेष्ठ नागरिक, खेलकुद क्षेत्रमा उत्कृष्ट भएका खेलाडी, नवविवाहित दम्पती तथा विभिन्न संकायमा विद्यावारिधी गरेकाहरुलाई सम्मान गरिएको छ । 

सोही क्रममा समाजसेवी रघुवर भक्त मानन्धरले प्रा. रामभक्त–सानुनानी मानन्धरको नाममा स्थापना गरिएको पुरस्कार संवैधानिक कानुनमा विद्यावारिधी सकाएका डा. सुरेन्द्र मानन्धर तथा डा. उज्ज्वल मानन्धरलाई हस्तान्तरण गरिएको छ । उनले संघको नाउँमा दुई लाख रुपियाँ नगद हस्तान्तरण गरेका छन् । 

कार्यक्रममा द्वारिका नारायण–हिरादेवीको नाउँमा मातृभाषा प्रवद्र्धनार्थ स्थापना गरिएको सलिंचा मचा नेवाः पुरस्कार मोडर्न नेवाः इङ्गलिस स्कूलमा अध्ययनरत रिभान र प्रनिता मानन्धरलाई प्रतिव्यक्ति दस–दस हजार नगदसहित हस्तान्तरण गरिएको छ । यसै अवसरमा एमबीबीएस, एमडी, प्लस टु, एमए, कम्प्युटर साइन्स, बीई, बीबीए, एसईईमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पनि पुरस्कृत गरियो । 

यो वर्ष विपन्न अभिभावनको पहिचान गरी समुदायभित्रका ५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । गुहेश्वरी राज मानन्धर र भिमदेव मथुरा कुमारीले रत्नचुडामणि शिक्षा कोषमार्फत रामेछापस्थित मानन्धर सेवा समाजलाई नगद हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा वाग्मती प्रदेशका सांसद माननीय बसन्त मानन्धर, दोलखा भिमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धर, स्याङ्जाको हरिनास गाउँपालिका, रामेछाप, काभ्रेपलाञ्चोक, दक्षिणकाली नगरपालिका, शंखरापुर नगरपालिका, भक्तपुर नगरपालिका, काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरू सहभागी थिए । संघले समुदायको आर्थिक उत्थान, खेलकुद, स्वास्थ्य, सांस्कृतिक विकास, शैक्षिक उत्प्रेरणाको क्षेत्रमा काम गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !