१२ श्रावण २०८१, शनिबार

चीनमा एकैदिन ९९ जना नयाँ संक्रमित भेटिए, स्वास्थ्य अधिकारीहरुद्धारा चिन्ता व्यक्त

प्रकाशित मिति :  12 April, 2020 2:40 pm


एजेन्सी, ३० चैत ।

चीनमा कोरोना भाइरसका ९९ जना नयाँ संक्रमित भेटिएका छन् ।

पछिल्लो एक हप्तामा सबैभन्दा धेरै संक्रमित भेटिएका हुन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार मात्रै ९९ जना नयाँ संक्रमित भेटिएको जानकारी गराउदै ९७ जना विदेशबाट आएको जनाएको छ । चीनको वुहानमा कोरो संक्रमणमा कमी आएपछि लकडाउन खोलिएको थियो ।

तर विस्तारै संक्रमितको संख्या बढेको देखिएपछि चीनका स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।

शनिबार मात्रै राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेन्गले कोरोनाबाट बच्न धेरै समूहमा जम्मा नहुँन र बचाउको उपाय नछोड्न आग्रह गरेका थिए । अहिलेसम्म चीनमा संक्रमितको संख्या ८२ हजार ५२ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !