१३ बैशाख २०८१, बिहिबार

पहाडमा चट्याङ्ग  र हल्का वर्षा हुने, यस्ताे छ बुधवारकाे माैसम

प्रकाशित मिति :  15 March, 2023 7:05 am


सांकेतिक तस्बिर

काठमाडाैँ  । बुधवार देशका पहाडी भू-भागका थोरै  स्थानमा  मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । 

विभागका अनुसार आज बिहान गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागहरूमा आँशिक बदली रहेकाे छ भने तराई भेगमा मौसम सामान्यतया सफा रहेको छ। 

बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा अपराह्णतिर मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। आज राती  कोशी, बागमती, गण्डकी, र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा  मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेकाले विभागले सचेत बनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !