नेपाल रेमिटबाट आइएमई पे वालेटमा सिधै पैसा पठाउन सकिने
प्रकाशित मिति : 15 March, 2023 7:07 am
काठमाडौँ । आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अन्तर्गत विदेशबाट नेपाल रेमिट मार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट प्राप्त गर्न सक्नेछन् ।
विदेशमा रहेका व्यक्तिले आफुलाई सहज पर्ने नेपाल रेमिटको साझेदार मार्फत नेपालमा रकम सजिलैसँग आइएमई पेमा प्राप्त गर्न सक्ने जनाइएको छ ।