१२ श्रावण २०८१, शनिबार

पूर्वराजा ज्ञानेन्द्र शाहद्धारा घोषणा भएको सहयोग रकम सरकारी कोषमा जम्मा

प्रकाशित मिति :  12 April, 2020 4:19 pm


काठमाडाैं, ३० चैत ।

विश्वभरि फैलिएको कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा पूर्व राजा ज्ञानेन्द्र शाहबाट घोषणा भएको सहयोग रकम जम्मा भएको छ ।

पूर्व राजा शाहले यसअघि हिमानी ट्रष्ट मार्फत् कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

पूर्वराजाबाट उपलब्ध २ करोड रुपैया सरकारले स्थापना गरेको कोरोना रोकथाम, राहत तथा उपचार कोषमा हिमानी ट्रष्टका तर्फबाट जम्मा गरिएको हो ।

ट्रष्टका कर्मचारीले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव महेन्द्र गुरागाईँलाई उक्त रकम बराबरको चेक बुझाएका छन् ।

रकम हस्तान्तरण गर्दै हिमानी कोषले कोभिड १९ महामारीबाट नेपालीलाई बचाउन उक्त रकम सहि सदुपयोग होस् भन्ने हिमानी कोष र पूर्वराजाको चाहना रहेको हिमानी कोषले जानकारी गराएको छ ।

यो राहत रकम हस्तान्तरणसँगै कोषले आगामी दिनमा कोभिड १९ विरुद्ध नेपालीलाई राहत र सहयोगको कार्य जारी राख्ने बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस !