१३ बैशाख २०८१, बिहिबार

यस्ताे छ मन्त्री किराँतीको शब्द रचना रहेको ‘पहराकी फूल’ (भिडियाे)

प्रकाशित मिति :  20 March, 2023 8:59 am


काठमाडौँ । सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागकि र उड्डयन मन्त्रीको शब्द रचना रहेको गीत ‘पहराकी फूल’ सार्वजनिक भएको छ । 

आइतवार काठमाडौंमा एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ठुलो बलिदानबाट गणतन्त्र ल्याइएको भए पनि समाजको जराभित्र गणतन्त्रको संस्कृति बस्न नसकेको बताए ।

उनले आफू मन्त्री भएको ६२ दिन भएको तर पनि उल्लेख्य काम गर्न अझै नसकिरहेको बताउनु बताए। “गणतन्त्र त ल्याइयो तर समाजमा अझै गणतन्त्रको जरो गाड्न सकिएको रहेनछ, म मन्त्री भएको ६२ दिन भयो, यो बिचमा गाडी छ, गुरुजी छ, इन्जिन छ, तेल पनि छ, स्टार्ट पनि हुन्छ तर धुवाँ मात्रै छोड्छ, हल्ला मात्रै गर्छ अघि बढ्दै बढ्दैन, पछि झरेर आफैँले ठेल्नुपर्छ ।” उनले भने ।

कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले गीत धेरै नै राम्रो रहेको बताए। उनले आफूले भोगेको समयलाई गीतमार्फत छोटो समयमा देखाएको बताए।

कार्यक्रममा बोल्दै निर्देशक शान्तिराम राईले चुनावअघिबाट गीत शुरु गरे पनि आज आएर गीत सार्वजनिक गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गरे।

गीतमा रूपकुमार राईको स्वर रहेको छ भने शब्द मन्त्री किराँतीको रहेको छ । भिडियोमा अभिनेता राईसँगै वेदना राई र मनिता जैसा वान्तवाको अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस !