१२ श्रावण २०८१, शनिबार

जुम्ल्याहाले पाए कोरोना र भाइरस नाम

प्रकाशित मिति :  13 April, 2020 7:37 pm


सिमकोट, १ वैशाख ।

हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको छ ।

विश्वभरका अधिकांश राष्ट्रमा कोरोना फैलिएको र नेपालमा पनि यसको संक्रमणको त्रासका समयमा जन्मिएकाले तिनको नाम सोहीसँग मिल्दो राखिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनुभयो । अनमी बोहराका अनुसार पहिले जन्मेकी छोरीको कोरोना र पछि जन्मेको छोराको नाम भाइरस राखिएका छन् ।

सो नाम राख्नमा आमा र बुवा हस्तबहादुरले पनि सहमति दिएको जनाइएको छ । जन्मिँदा कोरानाको तौल दुई हजार पाँच सय केजी र भाइरसको एक हजार सात सय ग्राम रहेको अनमी बोहराले जानकारी दिनुभयो । अहिले जिल्ला अस्पतालको प्रसूतिगृहमा रहेका आमा र शिशुको स्वास्थ्य सामान्य छ ।



प्रतिक्रिया दिनुहोस !