१२ श्रावण २०८१, शनिबार

प्रदेश नं ५ समाचार: नयाँ वर्षका दिन सुनसान पर्यटकीयस्थल

प्रकाशित मिति :  13 April, 2020 8:06 pm


रुपन्देही, १ वैशाख ।

आज नयाँ वर्ष २०७७ को पहिलो दिन । यस क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने पर्यटकीय स्थल सुनसान छन् । आज जिल्लाको बुद्ध जन्मस्थल लुम्बिनीसहितका पर्यटकीयस्थल खाली छन् । बुटवलको मणिमुकुन्द सेन उद्यान, हिलपार्क, पिसपार्कलगायत स्थल पनि सुनसान नै रहेका छन् ।

कोभिड—१९ को संक्रमणका कारण लकडाउ भएँपछि नयाँ वर्ष घरमै बसेर मनाइएको बुटवल १३ निवासी पुष्पा थापाले बताए । “बाहिर हिडौँ भने लकडाउन छ, त्यसैले घरमा परिवारसंँगै नयाँ वर्ष मनाउँदै छु ।” हरेक नयाँ वर्षमा नयाँ ठाउँमा घुम्नेहरु पनि यस वर्ष कोरोना महामारीका कारण घरमै छन् । नयाँ वर्षमा अत्यन्तै भीड लाग्ने बुद्ध जन्मस्थल लुम्बिनी पनि आज सुनसान छ । कोरोना भाइरस संक्रमणका कारण लुम्बिनीमा कुनै पनि पर्यटक नदेखिएको व्यवसायी मञ्जु ढकाल बताउनुहुन्छ ।

“कोरोना संक्रमण शुरु भएसंँगै लुम्बिनीमा पर्यटक आउन छाडेका हुन्, अहिले त लकडाउनका कारण झन् आउने कुरै भएन,” उनले भने, “ लुम्बिनीमा रहेका बिहारका भिक्षुहरुबाहेक मायादेवी मन्दिरको दर्शन गर्नसमेत कोही पनि गएनन् ।” नयाँ वर्षमा पर्यटकको भीडले गर्दा होटल तथा पसललाई व्यापार गर्नसमेत भ्याइनभ्याइ हुन्थ्यो । एक दिनमा पनि राम्रो व्यापार हुन्थ्यो तर कोरोना भाइरसका कारण यो नयाँ वर्षका दिन धेरै घाटा लागेको व्यवसायी ढकालको भनाइ छ ।

अधिकांशले सामाजिक सञ्जालमार्फत शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाएका छन् । “ सबैभन्दा प्रमुख कुरा भनेकै स्वास्थ्य रहेछ । जीवन छ र पो सबै छ । कोरोना संक्रमण नियन्त्रण भए अर्को नयाँ वर्ष नयाँ ठाउँमा मनाउँला तर अहिले घरमै रहनु नै उत्तम हुन्छ”, बुटवल बेलबासकी गीता आचार्य भन्छिन् । विश्व नै कोरोना संक्रमणसंग लडिरहेका बेला नयाँ वर्षको उत्साह त्यति नभएको बुटवल नहरपुरकी रचना पाण्डे बताउनुहुन्छ । “नयाँ वर्षको आगमनसंँगै रोग नियन्त्रण भए खुशीको कुरा त्यही हुने छ”, उनले थपिन् ।  कार्कीले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !