बेलुका ५ बजे सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुँदै
प्रकाशित मिति : 6 April, 2023 9:35 am
काठमाडौँ । सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।
सत्ता गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रम तयार पारेर अाज बेलुका ५ बजे सार्वजनिक गर्ने तयारी गरेको हो ।
न्यूनतम साझा कार्यक्रमको मस्यौदा सत्ता गठबन्धनका सबै दललाई अध्ययनका लागि दिइएको र सुझावसमेत प्राप्त भइसकेकोले आज बस्ने गठबन्धनको बैठकले अनुमोदन गरे पछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ ।
नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले सो नीति तथा कार्यक्रम तयार पारेको हो ।








