२३ बैशाख २०८१, आइतबार

स्वदेश फर्कन चाहन्छन् ७७ प्रतिशत गैर आवासीय नेपाली: नेपालले धान्न सक्ला?

प्रकाशित मिति :  14 April, 2020 1:09 pm


काठमाडाैं, २ वैशाख । 

काेराेना महामारीका कारण विदेश आवासीय नेपालीमध्ये ७७ प्रतिशतले नेपाल फर्कने चाहना राखेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गत आइतवारदेखि सुरु गरेको २४ सै घन्टा हेल्पलाइनमा फोन गर्ने मध्यका ७७ प्रतिशतले मातृभूमि नेपाल फर्किन चाहेका हुन् ।

सम्पर्कमा आएकामध्ये ७७ प्रतिशतले नेपाल फर्कन प्रबन्ध गरिदिन आग्रह गरेकाे संघका महासचिव डा. हेमराज शर्माले बताएका छन् ।

मंगलबार संघले जारी गरिकाे विज्ञप्ति अनुसार संघमा प्राप्त फोनकलका आधारमा सबैभन्दा धेरै समस्या मध्यपूर्वका गैरआवासीय नेपालीमा    छ ।

त्यहाँ रहेका अधिकांश नेपालीले नेपाल फर्किन चाहा राखेकाे कोभिड १० उच्चस्तरीय समिति समिति प्रेश संयोजक चिरन शर्माले जानकारी गराए ।

सोमवार साँझसम्म संघलाई प्राप्त टेलिफोनमध्ये भारतको मुम्बई, हैदरावाद, नैनिताल, हरियाना, नयाँ दिल्लीमा नेपालीको ठूलो समूह खान बस्नसमेत नपाएर अलपत्र परेका छन् ।

युएई, भारत, मलेसिया, साउदी अबर, दक्षिण कोरिया, मोजाम्कि, फिनल्यान्ड, अमेरिका, युकेलगायतका देशमा बसोवास गर्ने गैरआवासीय नेपालीले संघ समक्ष आ–आफ्ना समस्या टिपोटको महासचिव डा. शर्माले जानकारी दिए ।

मध्यपूर्वमा धेरै नेपालीको जागिर छुटेको वा कम्पनीबाट राजीनामा दिएर नेपाल जानको लागि तयारी अवस्थामा रहेको देखिएको छ ।

महासचिव शर्माका अनुसार गैरआवासीय नेपालीका बारेमा नेपालमा रहेका अभिवाभकहरु धेरै चिन्तित देखिएका छन् ।

तीमध्ये धेरैले विदेशमा रहेको आफ्नो छोराछोरीलाई तत्काल नेपाल फर्काउन चाहेको र त्यसको लागि सहजीकरण गरिदिन संघ समक्ष आग्रह गरेका छन् ।

विदेशबाट छुट्टीमा नेपाल गएका धेरैको भिषा सकिएपछि तत्काल विदेश जाने व्यवस्था गरिदिनसमेत उनीहरुले गैरआवासीय नेपाली संघ समक्ष आग्रह गरेका छन् ।

गैरआवासीय नेपालीबाट प्राप्तभएका सुझाव र समस्यालाई तत्कालै समाधान गर्न एनआरएनएका राष्ट्रिय समिति र विदेशस्थित नेपाली कुटनीतिक नियोगसँग समन्वयन गरी काम अघि बढाइएको संघका अध्यक्ष कुमार पन्तले बताए ।

संघले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक कोभिड–१९ उच्चस्तरीय समिति गठन गरेको थियो ।

समितिले कोरोना भाइरसबाट प्रभावित नेपालीको तथ्यांक संकलन गर्ने, स्वास्थ्यसम्वन्धी सामग्री नेपाल पठाउने, गैरआवासीय नेपालीले राहत संकलन तथा वितरण गर्ने काम गर्दै आएको छ । फाेन कल गर्नेकाे संख्या भने खुलाइएकाे छैन।



प्रतिक्रिया दिनुहोस !