१२ श्रावण २०८१, शनिबार

दाङमा कोरोना भाइरस सम्बन्धि अफवाह फैलाउने एक जना पक्राउ

प्रकाशित मिति :  14 April, 2020 4:19 pm


दाङ, २ वैशाख ।

दाङमा फेसवुकबाट कोरोना भाइरसम्बन्धि अफवाह फैलाउने एक जनालाई पक्राउ परेका छन् ।

कोरोना भाइरस सम्बन्धी फेसवुकमा अफवाह फैलाउने दाङ घोराही उपमहानगरपालिका वडा नं-१५ निवासी २८ बर्षीय दीपक न्यौपानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

न्यौपानेले आज विहान दाङमा पनि एकजना कोरोना भाइरस संक्रमित भएको भनी फेसबुकमा स्टाटस राखेको प्रहरीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !