५ जेष्ठ २०८१, शनिबार

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति सकृय : सरकारलाई नौं बुँदे ध्याकर्षणसहितको सुझाव

प्रकाशित मिति :  14 April, 2020 8:24 pm


शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती समितिको सभाकक्षा सिंहदरबारबाट बैठक सञ्चालन गर्दै

काठमाण्डौं, २ बैशाख।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आवश्य स्वास्थ्य सामाग्री छिटो खरिद गरि वितरण गर्न सरकारको ध्याकर्षण गराएको छ ।

समितिको आज अनौपचारिक रुपमा भिडियो कन्फेन्स मार्फत बसेको बैठकले सरकारलाई विभिन्न सुझावसहित ९ बुँदे ध्याकर्षण गराउने निर्णय भएको सभापति जयपुरी घर्तीले जानकारी दिईन् ।

समितिले कोरोना भाइरसको ल्याब टेष्ट तिब्र रुपमा अगाडी बढाउन , क्वारेन्टाइन र आइसोलेशनमा बस्नेहरुको खाने,बस्ने र उपचारका उचित व्यवस्था गर्न पनि सरकारको ध्याकर्षण गराएको छ ।

समितिले कोराना भाइरस बाहेकका अन्य विरामीहरुलाई उपचारका लागि सहज वातावरण बनाउन पनि ध्याकर्षण बनाएको हो ।

समितिले कोरोना भाइरसको त्रासमा परेकाहरुलाई मनोपरामर्शको व्यवस्थ गर्नुपर्ने, राहत वितरणमा अनियमितालाई ध्यान दिनुपर्ने, कोरोना भाइरससँग सम्बन्धित सामाग्रीहरु गुणस्तरीय हुनुपर्ने भनेको छ ।

चिकित्सक,स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक लगायत प्रत्यक्ष उपचारमा खटिने व्यक्तिलाई सुरक्षा सामाग्रीको व्यवस्था गनुपर्ने  समितिले भनेको छ । संघीय संसदको अधिवेशन अन्त्य भइसकेको अवस्थामा शिक्षा तथा स्वास्थ्य समितिले सकृयता बढाएको हो ।

सम्बन्धित समाचार:



प्रतिक्रिया दिनुहोस !