१२ श्रावण २०८१, शनिबार

लडाउनकाले काठमाण्डौंमा अफ्ठेरो परेकालाई सहयोग गर्न गुल्मेलीले बनाए समिति

प्रकाशित मिति :  15 April, 2020 12:35 pm


काठमाण्डौं, ३ बैशाख।
गुल्मीबाट काठमाण्डौंमा आएर बसेका र लकडाउनका कारण समस्यामा परेकालाई सहयोग गर्न समिति बनेको छ ।

गुल्मीबाट काठमाण्डौं आई बसोवास गरेकाहरुले लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न गुल्मी मुसिकोट नगरपालिकाका लिलामणि खरेलको संयोजकत्वमा समिति बनेको हो ।

समितिले भनेको छ,‘गुल्मीबाट काठमाण्डौं आइ आफ्नो रोजीरोटी चलाएर बस्नुभएका आदरणीय गुल्मेली बुवा,आमा,दाजुभाई तथा दिदीबहिनीहरु विश्वब्यापीरुपमा फैलिएको महामारीका कारण लकडाउनमा परि साँझ विहान चुलो निभ्ने अवस्था भएमा वा विरामी भएर पैसाको काराण औषधि उपचारबाट बन्चित हुने अवास्था आएमा हामीलाई सम्झनुहोला ।’

संयोजक खरेलले भने,‘यदि कोही अफ्ठेरोमा परेका साथीहरुले हाम्रो कमिटीका साथीहरुलाई फोन गर्नुभयो भने हामी सम्बन्धित ठाँउमै पुगेर सहयोग गर्ने छौं ।’

३४ सदस्यीय समितिले सहयोग दाताहरु स्वतः टिमको सदस्य बन्न सक्ने बताएको छ । समितिका संयोजक लिलामणि खेरेलले कार्यविधि बनाएर तुरुन्तै सहयोगको कार्य प्रारम्भ गर्ने बताए ।

समितिले दाताको सहयोग रकम र सहयोग लिनेको नामावली सार्वजनिक गर्नेपनि जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस !