१२ श्रावण २०८१, शनिबार

दाङमा सवारी साधनका लागि विद्युतीय अनुमतिपत्र लागु

प्रकाशित मिति :  15 April, 2020 1:12 pm


दाङ, ३ बैशाख।

दाङमा सवारी साधनका लागि आजदेखि विद्युतीय पासको ब्यवस्था लागु भएको छ ।
जिल्ला प्रशासन कार्यालयले कोनोरना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धि कार्यलाई व्यवस्थित गर्न र सामाजिक दुरी कायम गर्न भन्दै आजदेखि विद्युीय पासको व्यवस्था बनाएको जनाएको छ ।
अत्यावश्यक सेवामा सवारी साधनले epass.moha.gov.np वा १११२ मा एसएम एस गरेर निवेदन दिन सक्नेछन् । पास लिनका लागि जिल्ला प्रशासन कार्यालयमा पुग्न नपर्ने कार्यालयका सूचनामा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस !