१२ श्रावण २०८१, शनिबार

ड्युटीबाट फर्कदै गर्दा प्रहरीद्धारा चिकित्सक कुटिए, दोषिमाथि कारवाही गर्न संघको माग

प्रकाशित मिति :  16 April, 2020 7:59 am


काठमाडौं, ४ चैत ।

कोरोना भाइरसको संकटका बेला उपचारमा खटिएका तीन जना डाक्टरलाई प्रहरीले कुटपिट गरेको राष्ट्रिय आवासीय चिकित्सक संघले जनाएको छ ।

त्रिवि शिक्षण हस्पताल महाराजगञ्जमा कार्यरत चिकित्सक डयूटी सकेर फर्कन क्रमममा कान्ती बाल अस्पतालमा पछाडि ओरालोमा बुधबार बेलुका प्रहरीले हातपात र लाठी चार्ज गरेको संघले विज्ञप्ति निकालेर जनकारी दिएको छ ।

संघका अध्यक्ष डा. अनुप उप्रेती र सचिव बादल कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ  ,’ यस मानवीय संकटको बेला अत्यावश्यक सेवामा ज्यानको जोखिम उठाएर ड्युटीमा खटिएका मेडिसिन डिपार्टमेन्टका तीन जना रेसिडेन्ट डाक्टरमाथी परिचयपत्र देखाउदा र अस्पतालबाट फर्केको अवगत गराउदा समेत लाठी चार्ज र गालिगलौच गर्ने प्रहरीलाई छानविनको दायरामा ल्याउन र कारवाही अगाडी बढाउन आव्हान गर्दर्छौ ।’
कारबाही प्रक्रिया अघि नबढाए कडाभन्दा कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि विज्ञप्तिमा छ ।



प्रतिक्रिया दिनुहोस !