५ जेष्ठ २०८१, शनिबार

महिलालाई विज्ञापनको साधन बनाइनु हुँदैनः मन्त्री शर्मा

प्रकाशित मिति :  4 May, 2023 5:24 pm


काठमाडाैँ। सञ्चार तथा सचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाइनु नहुने बताएकी छिन्। बिहीवार ललितपुरमा आयोजित विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले कुनै पनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने अवस्था आउन दिनु नहुने बताएकी हुन्।

उनले कतिपयले महिलाको सुन्दरताका कारण विज्ञापनमा देखिने गरेको भने पनि सुन्दरताका लागि मात्रै महिलाहरु विज्ञापनको साधन बन्नेकुरा आफैँमा गलत रहेको धारणा राखिन्। उनले विज्ञापनको कन्टेन लैङ्गिक संवेदनशील हुनुपर्ने बताइन्।

“विज्ञापनको कन्टेन लैङ्गिक संवेदनशील हुनुपर्छ । त्यसले कुनै विषयमा कतैपनि घोचपेच गरिएको हुनु हुँदैन । हाम्रो संविधान, कानून, भएको कुरा उल्लंघन भएको हुनु हुँदैन । महिलालाई विज्ञापनको साधन बनाउनु हुँदैन ।” उनले भनिन्।

विज्ञापनमा घाेचपेच र सुन्दरताका कारण महिलाकाे प्रयाेग दुरूत्साहन गर्नमा जाेड दिइन् । “सुन्दरता हरेक वस्तुमा हुन्छ, पुरुषमा हुन्छ, महिलामा हुन्छ । समाजका हरेक वस्तुमा हुन्छ, सुन्दरताकै कारण विज्ञापनको साधन बन्नुपर्छ भन्नेकुरा आफैँमा बेठिक छ । विज्ञापन कसैलाई घोचपेच गरेर आउनु हुँदैन ।” मन्त्री शर्माले थपिन्।



प्रतिक्रिया दिनुहोस !