२१ आश्विन २०७९, शुक्रबार

क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई खान बस्न दैनिक २ सय ५० रुपैयाँ

प्रकाशित मिति :  16 April, 2020 1:08 pm


रोल्पा, ४ चैत ।

रोल्पाको सुनछहरी गाँउपालिकाले क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई दैनिक २ सय ५० रुपैयाँ दिने निर्णय गरेको छ ।

गाँउपालिकाको बैठकले प्रत्येक वडामा क्वारेन्टाइन राख्ने निर्णय गर्दै क्वारेन्टाइनमा बस्नेका लागि मापदण्ड अनुसार २ सय १० र गाँउपालिकाले ४० रुपैयाँ थप गरेर खान बस्नका लागि २ सय ५० रुपैयाँ दिने निर्णय गरेको हो ।

क्वारेन्टाइनमा बस्नेहरुको व्यवस्थापनका लागि सम्बन्धित वडा अध्यक्षले एकजना व्यक्तिलाई जिम्मेवारी तोकेर खटाउने छन् ।

प्रत्येक वडा कार्यालयले बाहिरबाट आउने आगन्तुकहरुको विवरण दैनिक रुपमा अद्यावधिक गर्ने र विपद व्यवस्थापन कोषलाई बढाउन विभिन्न चालु शिर्षको कार्यक्रमबाट २५ लाख रुपैयाँ रकमान्तर गर्ने निर्णय गाँउपालिकाले गरेको प्रवक्ता अमरजीत पुनले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

गाँउपालिकाले भारत लगायत तेस्रो मुलुकबाट आउने र भारतका सिमावर्ती तथा प्रभावित जिल्लाबाट आउनेलाई पहिलो र दोस्रो प्राथमिकतामा राखि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ भने अन्य जिल्लाबाट आउनेलाई तेस्रो प्राथमिकतामा राखेर होम क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ ।



प्रतिक्रिया दिनुहोस !