१३ बैशाख २०८१, बिहिबार

भारतको केरलामा डुंगा दुर्घटना हुदाँ २१ जनाको ज्यान गयो

प्रकाशित मिति :  8 May, 2023 10:22 am


काठमाडौँ । भारतको केरलामा पर्यटक चढेको एक डुंगा दुर्घटना हुँदा २१ जनाको ज्यान गएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक आइतबार साँझ ५ बजे डुंगा दुर्घटना भएको हो ।

डुंगामा ४० जना सवार थिए । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन्। क्षमताभन्दा बढी यात्रुका राखेका दुर्घटना भएको बताइएको छ। दुर्घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी छ ।

दुर्घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुस् व्यक्त गरेका छन्। सरकारले मृतकका परिवारलाई दुई लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने घोषणा गरेको छ ।



प्रतिक्रिया दिनुहोस !