१३ बैशाख २०८१, बिहिबार

विश्व दूरसञ्चार दिवस मनाइँदै

प्रकाशित मिति :  17 May, 2023 8:18 am


काठमाडौँ । आज विश्व दूरसञ्चार र सूचना समाज दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९६९ मे १७ देखि प्रत्येक वर्ष विश्व दुरसञ्चार दिवस मनाइँदै आएको छ ।

नेपाली इतिहासमा सन् १९१३मा पहिलो पटक टेलिफोन लाइन जोडिएको थियो । त्यस्तै सन् १९९९ मा नेपालमा पहिलो पटक मोबाइल फोनको शुरुवात र सन् २००० मा आएर इन्टरनेटको व्यवसाहिक शुरुवात भयो ।

दूरसञ्चारको विकासँगै आधुनिक युगमा फोन, मोबाइल र इन्टरनेट आम मानिसको पहिलो आवश्यकता भएको छ । प्रविधिको विकाशसँगै इन्टरनेट बिना मानिसको दैनिकीनै असहज हुदैँ गएको छ । प्रविधिको युगले मानिसलाई घरबाटै धेरै सुविधाहरु प्रदान गरेको छ ।

विश्व दूरसञ्चार र सूचना समाज दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सरकारले दूरसञ्चारसँग सम्बन्धित विषयमा अन्तक्रिया लगायत कार्यक्रम आयोजना गरेको छ ।



प्रतिक्रिया दिनुहोस !