७ बैशाख २०८१, शुक्रबार

सालझण्डी-ढोरपाटन सडक निर्माणमा भएको ढिलाइबारे सांसदमा उठ्यो प्रश्न

प्रकाशित मिति :  22 May, 2023 11:39 am


काठमाडौँ । प्रतिनिधी सभाको बैठकमा सालझण्डी-ढोरपाटन सडक निर्माणमा भएको ढिलाइबारे सांसदले ध्यानकर्षण गराएका छन् ।

नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व शिक्षामन्त्री देवेन्द्र पौलेलले प्रतिनिधी सभाको सभाको शुन्य समयमा बोल्दै सालझण्डी ढोरपाटन सडक निर्माण हालसम्म पनि पुरा हुन नसकेको भन्दै सभामुख मार्फत सरकारको ध्यानकर्षण गराएका हुन् ।

‘ताराखोलाको सहिदमार्ग, गल्कोट हुसियादेखि तारा जाने मार्ग, निसीखोला देविस्थान देखि बोवाङ हुँदै जाने सालझण्डी ढोरपाटन जाने मार्ग अहिलेसम्म निर्माण हुन सकेको छैन,’ सांसद पौडेलले भने, ‘यसै आर्थिक वर्षदेखि यि बाटाहरु तादरुकताका साथ अगाडी बढाएर निर्माण गर्नका लागि सभामुख मार्फत नेपाल सरकार र सम्बन्धित निकायलाई अनुरोध गर्न चाहान्छु ।’



प्रतिक्रिया दिनुहोस !