१५ चैत्र २०८०, बिहिबार

कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै माईतीघरमा नर्सहरूको धर्ना

प्रकाशित मिति :  23 May, 2023 4:01 pm


काठमाडाैँ । अस्पतालहरूमा कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै नर्सहरूले धर्ना दिएका छन् । 
मंगलबार काठमाडौँको माईतीघर मण्डलामा विभिन्न अस्पतालहरूमा कार्यरत नर्सहरूले अस्पतालमा गर्नुपर्ने कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै सोमबारदेखि शान्तिपूर्ण धर्नामा बसेका हुन् ।

आजपनि धर्ना कार्यक्रमलाई जारी राखेका हुन् । उनीहरूले न्युन तलबमा क्षमता भन्दा पनि बढी बिमारीहरूको हेरचाह गर्दा समेत कामको मूल्याङ्कन गर्नुपर्ने माग राखेका छन् । धर्नामा सहभागी नर्स दीपा गिरीले सरकारले नर्सहरूको कार्यभार कम गरी कामको निश्चित सीमा कायम गर्नु पर्ने प्रमुख माग रहेको बताइन् । उनले न्युन तलबमा क्षमता भन्दा बढी बिरामीको हेरचाह गरेपनि कामको मूल्याङ्कन हुन छोडेको बताइन् । उनले पछिल्लो समय नर्सहरू सुरक्षित रुपमा काम गर्ने वातावरण नभएको भन्दै सामाजिक सञ्जालमा नर्सहरूमाथि हुने टिकाटिप्पणी रोकिनुपर्ने बताए ।

उनले नर्स पेशालाई राज्यले अमर्यादित बनाउनबाट रोक्नुपर्ने बताउँदै अस्पतालमा एक जना नर्सले बिमारी हर्ने चाप कम गर्नुपर्ने बताएकी हुन् । धर्नामा बस्ने नर्सहरूले कार्य क्षेत्रमा सुरक्षाको प्रत्याभुति गराईयोस्,गल्ती देख्नेहरूले हाम्रो राम्रो काम पनि देखोस्, मिडियामा भाइरल हुन नर्स पेशामाथि दाग लाग्ने कुरा गर्न पाइँदैन,व्यक्ति गलत होला तर नर्सिङ पेशा गलत छैन भन्ने जस्ता प्लेकार्डसहित धर्नामा बसेका छन् । 



प्रतिक्रिया दिनुहोस !