१३ बैशाख २०८१, बिहिबार

सूचना प्रविधि उद्योगमा वैदेशिक लगानीको सीमा हटाइने

प्रकाशित मिति :  29 May, 2023 5:59 pm


काठमाडौँ । सूचना प्रविधि उद्योगमा वैदेशिक लगानीको सीमा हटाइने भएको छ ।

आर्थिक वर्ष २०८० ०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सूचना प्रविधि उद्योगमा वैदेशिक लगानीको सीमा हटाइने जानकारी गराएका हुन् ।

उनले सूचना प्रविधि सेवा निर्यात गर्ने उद्देश्यले सञ्चालित उद्योगलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न र सफ्टवेयर वा प्रोग्राम खरीद तथा उपकरण जडान गर्न उद्योगले गरेको विदेशी मुद्रा आर्जनको दश प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराइने जानकारी दिए ।

सूचना प्रविधि र नवप्रवर्तनमा आधारित उद्योगका लागि लचिलो श्रम नीति अवलम्वन गर्ने गरी श्रम कानूनमा संशोधन गरिने बजेटमा उल्लेख छ।

उद्योगमा स्वच्छ ऊर्जा तथा हरित प्रविधिको उपयोगलाई प्रोत्साहन गर्न प्रविधि विकास कोष मार्फत अनुदान प्रदान गरिने अर्थमन्त्री महतले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !