१५ चैत्र २०८०, बिहिबार

सन् २०२३ देखि २०३२ सम्म पर्यटन दशकका रुपमा मनाउने सरकारको घोषणा

प्रकाशित मिति :  29 May, 2023 6:13 pm


काठमाडौँ । सरकारले सन् २०२३ देखि २०३२ सम्मको १० वर्षको अवधिलाई पर्यटन दशकका रूपमा मनाउने घोषणा गर्ने भएको छ ।

आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘नेपाल घुमौं, नेपाल चिनौं’ अभियान यस वर्ष चलाइने बताएका छन्।

अन्तर प्रदेश हवाइ सेवालाई प्राथमिकता दिने बताएका छन् । अतिथि देवो भवस् भन्ने मान्यताअनुसार पर्यटकीय सेवाको गुणस्तर सुधार गर्ने अर्थमन्त्री बताए ।

त्यस्तै उनले सन् २०२३ मा नेपाल आउने पर्यटकको संख्या १० लाख पुर्‍याइने घोषणा गरे ।



प्रतिक्रिया दिनुहोस !