८ बैशाख २०८१, शनिबार

आधारभुत स्वास्थ्य : देशभरका सबै वडाबाट ९८ प्रकारका औषधी, खोप नि: शुल्क पाइने

प्रकाशित मिति :  29 May, 2023 6:46 pm


काठमाडौँ । अर्थमन्त्री डा। प्रकाशशरण महतले देशभरका ६ हजार ७४३ वडाका स्वास्थ्य सेवा केन्द्रबाट ९८ प्रकारका औषधी, खोप लगायतका आधारभुत स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराइने बताएका छन् ।

सोमबार आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले आधारभुत स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराइने बताएका हन्। आधारभुत स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड रुपैँया बजेट विनियोजन गरेका उनले बताए ।

यस कार्यक्रमका लागि स्वदेशमा उत्पादन हुने औषधी खरिद गर्न प्राथमिकता दिइने उनले बताए ।



प्रतिक्रिया दिनुहोस !