१३ बैशाख २०८१, बिहिबार

छुट सुविधा नदिने ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य मन्त्रीसँग बालेनले गरे अनुरोध

प्रकाशित मिति :  31 May, 2023 9:47 am


काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले १० प्रतिशत विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा नदिने काठमाडौँ महानगरभित्र रहेका अस्पताल लगायत ६८ स्वास्थ्य संस्थालाई ७ दिने अल्टिमेटम दिएका छन् ।

मंगलबार स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर उनले ती स्वास्थ्य संस्थाहरूको लिष्ट बुझाउँदै ७ दिनभित्र कारबाही गर्न माग गरेका छन् ।

छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न मन्त्री बस्नेतलाई अनुरोध गरिएको उनले बताए ।

बुधवार फेसबुक मार्फत यसबारे जानकारी गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस !