१२ श्रावण २०८१, शनिबार

प्यूठानका एक व्यक्तिको पत्नीले चिर्पट प्रहार गर्दा मृत्यु

प्रकाशित मिति :  18 April, 2020 9:06 am


प्यूठान, ६ वैशाख ।

प्यूठानको मर्कावाङका एक जनाको पत्नीले चिर्पट प्रहार गर्दा मृत्यु भएको माण्डवी गाउँपालिका–२, मर्कावाङमा ४० वर्षीय गुमानसिंह अधिकारीकी ३५ वर्षीया पत्नी निशाले चिर्पट प्रहार गरि हत्या गरेको प्रहरीले बताएको छ ।

दाङको बङ्गलाचुली गाउँपालिका वडा नं ५ स्थित माइतीघर बस्दै आएकी पत्नीलाई लिन जाँदा दुवैबीच सामान्य घरायसी विवाद भई पत्नीले दाउराको चिर्पटले पतिको टाउकामा प्रहार गरेको प्रहरीको भनाइ छ ।

श्रीमतीको प्रहारबाट गम्भीर घाइते अधिकारीको गएराति उपचारका क्रममा कोहलपुर मेडिकल कलेज बाँकेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । भाउजु र उनका बाबुले मिलेर दाइको हत्या गरेको आरोप मृतकका भाइ हेमराजले आरोप लगाए ।

श्रीमतीले आफूले चिर्पटले प्रहार गरेको स्वीकारेको र हत्यामा अन्य व्यक्तिको संलग्नता भएनभएको अनुसन्धान शुरु भएको प्रहरीले जनाएको   छ । शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !