२५ बैशाख २०८१, मंगलबार

‘प्रचण्ड’ पुगे पशुपतिनाथ

प्रकाशित मिति :  10 June, 2023 9:31 pm


काठमाडाैँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पशुपतिनाथ पुगेका छन्। शनिवार बेलुका पशुपति क्षेत्रको निरिक्षण अवलोकन गरेका हुन् ।

प्रधानमन्त्रीले पशुपति मन्दिरको पनि अवलोकन गरे । पशुपति क्षेत्रको पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्वका बारेमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुले जानकारी गराए।

विश्व सम्पदाका रुपमा रहेको पशुपति क्षेत्रलाई अझै व्यवस्थित गरी धार्मिक पर्यटनमा ठूलो टेवा मिल्ने बताए। निरिक्षण अवलोकनमा अर्थमन्त्री प्रकाश शरण महत, परराष्ट्र मन्त्री एनपी साउद, उर्जा मन्त्री शक्ति बस्नेत, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराती लगायत पनि सहभागी थिए।

प्रधानमन्त्री पशुपतिनाथ पुगेकाे फाेटाे र समाचारले सामाजिक सञ्जालमा बहस भइरहकाे छ।



प्रतिक्रिया दिनुहोस !