सुनको मूल्य घट्यो
प्रकाशित मिति : 12 June, 2023 11:31 am
काठमाडौँ । आज सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मुल्य प्रतितोला १०० रुपैयाँ घटेर तोलाको एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै अजा तेजावी सुन तोलाको एक लाख ११ हजार ८५५० रुपैयाँ कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । महासंको जानकारी अनुसार सोमबार चाँदी प्रतितोला १० रुपैयाँ घटेर तोलाको १४४५ रुपैयाँमा कारोबार भइरहेकको छ । आइतबार छापावाला सुनको मूल्य तोलाको एक लाख १२ हजार ५०० र चाँदी १४५५ रुपैयाँमा कारोबार भएको थियो ।








