२४ बैशाख २०८१, सोमबार

‘मिस्टर एण्ड मिस नेसनल नेपाल-२०२३’ बने धिरज र गजल

प्रकाशित मिति :  23 June, 2023 12:00 pm


काठमाडौँ । आई डु इभेन्ट द्वारा आयोजित ‘मिस्टर एण्ड मिस नेसनल नेपाल-२०२३’ को उपाधि क्रमशः धिरज काजि बस्नेत र गजल कर्णले जितेका छन् । काठमाडौँमा एक कार्यक्रमबिच ‘मिस्टर एण्ड मिस नेशन नेपाल २०२३’ को ताज काठमाडाैँका धिरज काजि बस्नेत र जनकपुरकी गजल कर्णले पहिरिएका हुन्।

आई डु इभेण्टले आयोजना गरेको प्रतियोगितामा नेपालका विभिन्न भूभागबाट छानिएर आएका १७ जनाप्रतिस्पर्धीलाई उछिन्दै धिरज काजि बस्नेत र गजल कर्णले ‘मिस्टर एण्ड मिस नेसन नेपाल २०२३’ को ताज लगाएका हुन। विजेताले ताज साथै जनही रु ५० हजार बराबरको पुरस्कार पाएका छन्।

प्रतियोगितामा फस्ट रनरअप मिस्टर त्रिवेनी पराजुली र मिस दर्पण बस्नेत भएका छन् भने सेकेण्ड रनरअप को ताज मिस्टर निर्जल घिमिरे र मिस मारीना ढुंगेलले पहिरिएका छन्। प्रतियोगितामा महत्वका साथ हेरिएको भ्युअर्स चुवेस अवार्ड धिरज काजि बस्नेत र माहि श्रीवास्तवले पाएका छन्।

मिस्टर एण्ड मिस नेशन प्रतियोगितामा बेस्ट पर्सनालिटी मिस्टर निर्जल घिमिरे र मिस मारिना ढुंगेल, मिस्टर एन्ड मिस कन्फिडेन्ट सुजेन्द्र तामाङ, कनिशा कुमारी, बेस्ट वाल्क मिस्टर त्रिवेनी पराजुली, मिस बिनिता शाही, मिस्टर एन्ड मिस फोटोजेनिक रोहन लाखे, दर्पण बस्नेत, मिस्टर एण्ड मिस ट्यालेन्ट धिरज काजि बस्नेत, बबिना नेपाली र मिस्टर एण्ड मिस पपुलर धिरज काजि बस्नेत, माही श्रीवास्तवलाई उपाधी समेत दिइएको थियो।



प्रतिक्रिया दिनुहोस !