२४ बैशाख २०८१, सोमबार

गायक प्रकाश सपुतलाई गीत गाइरहेको बेला स्टेजमै बोतल प्रहार

प्रकाशित मिति :  26 June, 2023 10:54 am


काठमाडौं । रोमानियामा रहेका गायक प्रकाश सपुतले गीत गाइरहेका बेला स्टेजमै बोतल प्रहार भएको छ ।

हिजो नेपाली समय अनुसार हिजो आइतबार राति १२ बजे स्टेजमा गीत गाइरहँदा दर्शक दीर्घाबाट उनीमाथि बोतल प्रहार भएको हो ।

बोतलले उनको निधारमा सामान्य चोट मात्र लागेको बताइएको छ। सपुतलाई स्टेजमै बियरको बोतलले हानिएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

सपुतले ‘बोल माया‘’ गीत गाइरहँदा अचानक आधा पिएको क्यान बियर हुर्‍याइएको थियो । सपुतलाई नियतवश बोतल हानेको नभई कसैले रक्सीको तालमा त्यसो गरेको आयोजकको दाबी छ।

बोतल प्रहारपछि आधा घण्टाजति बिथोलिएको कार्यक्रमलाई गायक सपुतले पुनः गीत गाएर निरन्तरता दिएका थिए।



प्रतिक्रिया दिनुहोस !